ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

समाचार

    12 August 2019   

बुटवल, २७ साउन । भैरहवा–तौलिहवा हुलाकी सडकखण्डमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नं. २ अविरावकी ४२ वर्षीया प्रमिला यादव रहेकी छन् ।
छोरा सञ्जय यादवले चलाएको मोटरसाइकलको पछाडि सबार रहेकी मायादेवीलाई ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएपछि जिल्ला अस्पताल तौलिहवामा र्पुयाइएको थियो । उपचारकै क्रममा सोमबार बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कपिलवस्तु नगरपालिका वडा नं.८ दोहनीस्थित हुलाकी सडक खण्डको पकडी नजिक लु २ त ५८३९ नम्बरको ट्याक्टर र विपरीत दिशातर्फ जाँदै गरेको यूपी ५५ एस ०२१८ नम्बरको भारतीय नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर उक्त घटना भएको हो।
दुर्घटनापछि ट्याक्टर चालक फरार रहेको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय ले जनाएको छ ।

तपाईको प्रतिक्रिया