प्रदेश पाँचका १० स्थानमा उपनिर्वाचन हुँदै

राजनीति

    12 August 2019   

नेपालगञ्ज, २७ साउन । आगामी मसिंर १४ मा प्रदेश पाँचका विभिन्न १० स्थानमा उपनिर्वाच हुने भएको छ ।
प्रदेश पाँचका सात जिल्लामा उपनिर्वाचन हुन गईरहेको छ । मंसिर १४ गते उपनिर्वाचन हुन गईरहेका तीन प्रदेशमध्ये प्रदेश पाँचमा सबैभन्दा बढी सिट संख्यामा निर्वाचन हुन लागेको हो ।
एक प्रदेश सांसद र ९ वडाध्यक्षका लागि उपनिर्वाचन हुन लागेको प्रदेश पाँचमा, दाङको ३(ख) निर्वाचन क्षेत्रमा प्रदेश सांसदका लागि उपनिर्वाचन हुनेछ भने गुल्मीको रुरुक्षेत्र गाउँपालिका–६, अर्घाखाँची मालारानी गापा–३, प्यूठानको प्यूठान नगरपालिका–२, प्यूठान ऐरावती गाउँपालिका वडा नं. १ र २, रोल्पाको थावाङ गाउँपालिका–१, कपिलवस्तु शिवराज नगरपालिका–१०, दाङ घोराही उपमहानगरपालिका–१६, बाँके कोहलपुर नगरपालिका– ६ मा वडाध्यक्ष पदको लागि उपनिर्वाचन हुने आयोगले जानकारी दिएको छ ।
भदौ महिनाको दोस्रो सातासम्मा अन्तिम नामवलीको टुंगो लाग्ने भएकाले त्यसपछि मात्रै थप काम अगाडि बढाउने र साउन १६ गतेसम्म मतदाता नावमलीमा नाम दर्ता भएको र १८ वर्ष उम्मेर पुगेको व्यक्तिले उपनिर्वाचनमा सहभागि हुन पाउने आयोगका सहसचिव शंकरप्रशाद खरेलले बताएका छन् ।
उपनिर्वाचनमा सहभागि हुन दल दर्ता र गत निर्वाचनमा भाग लिएका राजनीतिक पार्टीहरुले पुन :दर्ता गर्नुपर्ने वा नपर्ने भन्ने विषयमा आयोगले निर्णय गरि पुन सुचना प्रकाशन गरिने प्रवक्ता खरेलले बताएका छन् ।

तपाईको प्रतिक्रिया