शिक्षा सम्मेलनलाई जनताको दुई लाख सहयोग

अर्थ/वाणिज्य

    12 August 2019   

काठमाडौँ,२७ साउन । जनता बैंकले गुणस्तरीय शिक्षासम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मलेलका लागि दुई लाख रुपैँया सहयोग दिएको छ ।
आगाम भदौ ७ देखि ९ गतेसम्म रातो बंगला फाउन्डेसनले शिक्षा,विज्ञान तथा प्रविधिमन्त्रालयसँगको सहकार्यमा कार्यक्रम सम्पन्न गर्ने तयारी गरको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले फाउन्डेसनका कार्यक्रम अधिकृत स्मृति पोखरेललाई हस्तान्तरण गरेका छन् । बैंकले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखी सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु पटक पटक गर्दै आईरहेको छ । साथै शैक्षिक गुणस्तर विकासका लागि सामुदायिक विद्यालयका जेहेन्दार विद्यार्थीलाई विभिन्न छात्रवृत्ति समेत दिदै आएको छ ।

तपाईको प्रतिक्रिया