सत्तारुढ दलकै सांसदले दिए ओली सरकारलाई भैंसीको संज्ञा

राजनीति

       

वीरगन्ज, २९ साउन । सत्तारुढ समाजवादी पार्टीका प्रतिनिधिसभा सदस्य प्रदीप यादवले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई भैंसीको संज्ञा दिएका छन् ।

लोकसेवाले प्रकाशित गरेको बिभेदकारी बिज्ञापनको सर्वत्र विरोध भएपनि सरकार बेखबर रहेकोमा सांसद यादवले सघीय संसदको ध्यानाकार्षण गराएका छन् ।

मंगलबार संसदमा बोल्दै सांसद यादवले राणाकालदेखि पञ्चायती व्यवस्थासम्म गुलामीको जीवन बिताउन बाध्य बनाइएका मधेशी, दलित, आदिवासी र जनजातिलाई गणतान्त्रिक सविधानको वर्तमान शक्तिशाली सरकारले पनि गुलाम बनाउन खाजेको आरोप लगाए ।

उनले महिनौंदेखि सडक र सदनमा लोकसेवा आयोगको बिभेदकारी बिज्ञापनको बिरोध भएपनि सरकार बेखबर भएकोमा संसदको ध्यानाकर्षण गराएका छन् ।

बर्तमान ओली सरकारलाई भैंसीको संज्ञा दिँदै उनले भने, ‘सभामुख महोदय यो सरकार भैसी जस्तै भएको छ, भैंसीको आगे केतनो बिन बजाइ, भैसी करे पघुराइ’ मधेशमा प्रसिद्ध रहेको यो उखानलाई वर्तमान ओली सरकारले चरितार्थ गरेकोमा संसदको ध्यानाकर्षण गराउन आफू बाध्य भएको सांसद यादवको भनाइ रहेको थियो ।

तपाईको प्रतिक्रिया