अछामको बालकलाई मुम्बईबाट उद्धार

समाचार

       

काठमाडौं, ३० साउन । जिल्ला अछाम चौरपाटी गाँउपालिका वडा न. ३ निवासी जैसु टमट्टाको १३ वर्षीय छोरा मदन टमट्टालाई नेपालको सामाजिक अभियन्ता सरोज रायको पहलबाट उद्धार गरिएको छ ।

बालक मदन टमट्टा मुम्बईको एक होटलमा काम गरिरहेको थाहा पाएपछि प्रहरीले १७÷०६÷२०१९ दुई महिना पहिला एफआईआर दर्ज गरेर बालकलाई उद्धार गरि मुम्बईको सरकारी बालगृहमा पठाएका थिए ।

पछि परिवारको समाजिक अवस्था बुझ्न बालविकास समिती उमरखाडी मुम्बईको कर्मचारी नेपालको अभियन्ता सरोजलाई सम्पर्क गरेर आग्रह गरेका थिए । अभियन्ता रायले सामाजिक अनुसन्धान सुरू गरे र प्रहरीको सहयोगबाट मदनको परिवारसँग सम्पर्क गर्न सफल भए । मदनको परिवार सोही वडाको वडाअध्यक्ष र प्रहरीले दिएको जानकारी अनुसार रायले एउटा रिपोर्ट बनाए र मुम्बई बालविकास समितीलाई पठाए जसको अनुसार केहि दिन अगाडी बालकलाई बुवा जैसु टमट्टाको जिम्मा लगाईएको छ ।

रायले पठाएको रिपोर्ट अनुसार बालकको परिवारको आर्थिक अवस्था मध्यम रहेको छ । बालक मदन करिव ७ महिना अगाडी आफ्नो काकासंग पेटको उपचार गराउन र घुम्ने मनशायले मुम्बई गएका थिए । सोही क्रममा काकाले उनलाई काममा लगाएका थिए ।

भारतबाट दर्जनौं बालबालिकालाई उद्धार गरेको हुनाले आफ्नो प्रोफाईल केन्द्रिय बालसमिती भारतमा राम्रो बन्दै गएको र भारतको कुनै प्रान्तमा नेपाली बालबालिकाको बालश्रमको केस भयो भन्ने आफुलाई सम्पर्क गर्ने गरेको अभियन्ता राय बताउँछन् ।

तपाईको प्रतिक्रिया