राष्ट्रिय सम्मानका साथ हुने मदनमणि दीक्षितको अन्त्येष्टि

समाचार

    15 August 2019   

काठमाडौँ, ३० साउन । सरकारले साहित्यकार मदनमणि दीक्षितको अन्त्यष्टि राष्ट्रिय सम्मानका साथ गर्ने भएको छ ।
सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले विज्ञप्ति निकालेर दीक्षितको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ हुने जानकारी गराएका छन् ।
केही समयदेखि अस्वस्थ रहेका ९७ वर्षीय वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको मृत्यु आज विहीबार भएको हो । उनलाई निमोनिया, मुटु, मिर्गाैला र श्वासप्रश्वास सम्बन्धी समस्या थियो । एकसातासम्म सुमेरु अस्पतालमा भर्ना गरि उपचार गरेपछि दीक्षितलाई बुधवार डिस्चार्ज गरी आफ्नै निवास कालिकास्थान ल्याइएको थियो । निवासमा शौचालय जाँदा बेहोस भएका उनलाई कमलपोखरीस्थित हिमाल अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।
नेपाली पत्रकारिता क्षेत्रमा समेत विशिष्ट योगदान योगदान प्रदान गरेका साहित्यकार दीक्षितले उपन्यास, निबन्ध तथा संस्मरण गरी दर्जनभन्दा बढी कृति प्रकाशित छन् भने कथा, नाटक, व्यङ्ग्य सबै क्षेत्रमा उनले कलम चलाएका थिए ।
वि. सं. २०३९ मा माधवी उपन्यासका लागि उनलाई मदन पुरस्कार प्रदान गरिएको थियो । दीक्षित मदन पुरस्कार, साझा पुरस्कार, पद्मश्री पुरस्कारलगायत विभिन्न पुरस्कार सम्मानित थिए । उनका विभिन्न कृतिहरु यसपप्रकार रहेका छन् ।
१. माधवी (उपन्यास, वि.सं. २०३९)
२. चरैवेति (निबन्ध संग्रह, २०४४)
३. त्यो युग (निबन्ध संग्रह, वि.सं. २०४७)
४. हाम्रा ती दिन (निबन्ध, वि.सं. २०२९)
५. म रुँदै बिर्सन्छु (संस्मरण, वि.सं. २०२७)
६. बर्लिन डायरीका पाना (यात्रावर्णन, सन् १९८४)
७. लाखौं शिशुहरू लिफ्ट मागिरहेछन्
८. मेरी आमाको प्रश्नलाई आज जवाफ चाहिएको छ
९. कसले जित्यो कसले र्हायो? (कथा संग्रह, वि.सं.२०२१)
१०. दशलाख हिरोसिमातिर
११. ग्यास च्याम्बरको मृत्यु (कथा संग्रह, सन् १९८५)
१२. जीवन महाअभियान
१३. ऋग्वेदः केही प्रमुख सूक्त (२०६५ वि.सं)
आफ्नो सम्पूर्ण जीवनलाई सफल ठान्ने उनी नेपाल प्रज्ञा प्रतिष्ठानमा बिताएको ५ वर्ष (२०५१–०५६) लाई पूर्ण निस्फल मान्दथे । हालखबर साप्ताहिकमा काम गरेका मदनमणि दीक्षित समाज दैनिक प्रधान सम्पादक पनि थिए । उनको जन्म १९७९ फागुन ६ गते काठमाडौंको गौरीधारामा भएको थियो ।

तपाईको प्रतिक्रिया