काठमाडौंमा पनि मनाइयो भारतको स्वतन्त्रता दिवस

समाचार

    15 AUgust, 2019   

काठमाडौं, ३० साउन । छिमेकी मित्रराष्ट्र भारतको ७३ औं स्वतन्त्रता दिवस काठमाडौंमा पनि मनाइएको छ। काठमाडौंस्थित भारतीय राजदूतावासमा भारतका राजदूत मंजिव सिंह पुरीले भारतको राष्ट्रिय ध्वजा झण्डोत्तोलन गर्दै भारतका राष्ट्रपतिकोे सन्देश पढेर सुनाए । सो सन्देशमा भारतले गएको ७२ वर्षमा विविध क्षेत्रहरुमा प्राप्त गरेको उपलब्धीहरु बारे उल्लेख गरिएको थियो ।

राजदूतद्वारा ३ वीर नारी, ५ एकल महिला, ६ मृत सैनिकका निकटतम नातेदारलाई ने.रु ५.३१ करोड नगद तथा कम्मल वितरण गरी सम्मान गरिएको छ भने राजदूतावासले ४० वटा पुस्तकालय तथा नेपालका सबै प्रदेशमा फैलिएका शैक्षिक संस्थाहरुलाई पुस्तक उपहार स्वरुप प्रदान गरेको छ । राजदूतावासले विभिन्न अस्पताल, गैरनाफामूलक परोपकार संस्था तथा शैक्षिक संस्थाहरुलाई ३० वटा एम्बुलेन्स र ६ वटा बस उपलब्ध गराउने निर्णय गरेको छ ।

भारत सरकारले नेपालका ७७ जिल्लाका विभिन्न अस्पताल, गैरनाफामुलक परोपकार संस्था तथा शैक्षिक संस्थाहरुलाई हालसम्म ७५२ ओटा एम्बुलेन्स र १४८ ओटा बस उपहार स्वरुप प्रदान गरिसकेको छ जसले हजारौँ नेपाली जनताहरुलाई स्वास्थ्य सेवामा पहुँच विस्तार गर्नुका साथै हजारौँ विद्यार्थीहरुका शैक्षिक आवश्यकताको पूर्ति गरेको दुतावासले विज्ञप्ति मार्फ जनाएको छ ।

भारतको ७३ औं स्वतन्त्रता दिवसको अवसरमा आयोजित समारोहमा राजदूतावासका कर्मचारीहरु तथा उनीहरुका परिवार लगायत नेपालमा रहेका भारतीय समुदाय र भारतका अनन्य मित्रहरुको सहभागिता रहेको थियो । उक्त समारोहमा स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र, काठमाडौं केन्द्रीय विद्यालय र मोर्डन इन्डियन स्कुलका विद्यार्थीहरुले देशभक्तीपूर्ण गीतहरु प्रस्तुत गरिएको थियो ।

 

तपाईको प्रतिक्रिया