तिज विशेष कार्यक्रम सम्पन्न

समाचार

    15 August, 2019   

अजय मिश्र, कपिलवस्तु, ३० साउन । नजिकिदैं गरेको तिज पर्वको अवसरमा कृष्णनगरमा महिलाहरूले सांस्कृतिक कार्यक्रमको आयोजना गरेका छन् । उद्योग वाणिज्य संघ, कृष्णनगरका होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ कृष्णनगरको संयुक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न भयो ।

शिव प्रसाद घिमिरेको अध्यक्षतामा कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद अभिषेक प्रताप शाह, विशिष्ट अतिथि इण्डो नेपाल सामाजिक मंचका अध्यक्ष अकरम पठान, उद्योग वाणिज्य संघ कृष्णनगरका अध्यक्ष राम कुमार कौलापुरी, सशस्त्र प्रहरीका डि. एस. पी. सुशील कुमार शाही, दिनेश गुप्ता, रविन्द्र गुप्ता, लक्ष्मण भट्टराई रहेका थिए ।

कार्यक्रमको शुभारम्भ राष्ट्रिय गानबाट सुरु गर्दै अतिथिहरुलाई सम्मान गरिएको थियो । अतिथिहरुले महिलाहरुलाई आउन लागेको तीजको शुभकामना व्यक्त गरे ।

तपाईको प्रतिक्रिया