हर्षोल्लासका साथ मनाइँदै मधेशमा रक्षाबन्धन

समाचार

       

जनकपुरधाम, ३० साउन । दाजुभाई तथा दिदि बहिनीको प्रेमको प्रतिकको रूपमा मनाउने पर्व रक्षाबन्धन उल्लासका साथ मनाइएको छ । प्रदेश २ सरकारले रक्षबन्धनको अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।

दिदीबहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्दै रक्षा बन्धन पर्व धुमधामसाथ मनाउने गरिन्छ । यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइको हातमा राखी बाँधेर दीर्घायु र प्रगतिको कामना गर्दछन् । दाजुभाइले दिदीबहिनीलाई केही उपहार अथवा दक्षिणा पैसा दिन्छन् तथा बहिनीको रक्षा गर्ने वचन दिन्छन् ।

रक्षाबन्धनका दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई याद गर्ने र सोहीअनुरुप दाजुभाइले पनि बहिनीलाई याद गरेर अनिवार्य रूपमा उनीहरु कहाँ पुगेर आफ्ना दिदीबहिनीसँग राखी बाँधेर एक अर्कालाई दीर्घायुको कामना गर्दै खुशियाली साटासाट गर्ने दिनलाई रक्षाबन्धन पर्व भन्ने गरिन्छ ।

रक्षाबन्धन पर्वले भाइबहिनीको प्रेमलाई झन् प्रगाढ बनाउने जनविश्वास छ ।

 

तपाईको प्रतिक्रिया