दिल्लीका मुख्यमन्त्री केजरीवाल र राजदूत आचार्यबीच भेटवार्ता

राजनीति

       

काठमाडौँ, ३० साउन । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य र नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालबीच दिल्लीमा भेटवार्ता भएको छ ।

केजरीवालसँग भेटवार्तामा द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको दिल्लीस्थित नेपाली दूतावासले ट्वीटमार्फत जानकारी दिएको छ ।

भेटवार्ता सौहार्दपूर्ण रहेको र विभिन्न मुद्दाहरूमा केन्द्रित रहेको केजरीवालले पनि जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया