ब्लकका घर बनाउनेलाई लालपूर्जा

समाचार

       

बुटवल, ३० साउन । बुटवल उपमहानगरपालिकाले ब्लकका घर बनाएकालाई लालपुर्जा वितरण गरेको  छ । विभिन्न क्षेत्रमा करिब पाँचसय जनालाई उपमहानगरपालिकाले लालपुर्जा वितरण गरेको हो ।

साविकको मोतिपुर र सेमलार गाविसका विभिन्न टोलमा उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, उपप्रमुख गोमादेबी आचार्य र कार्यपालिका सदस्य समेतको टोलीले मोतिपुरका ज्येष्ठ नागरिक जगन्नाथ ढकाल र उनका दुई भाइलाई लालपुर्जा वितरण गरी कार्यक्रमको शुभारम्भ गरे ।

सेमलार, मोतिपुर, रानिगञ्ज, पोखराबारी तथा मनोहरापुर क्षेत्रमा गरी चार सय बढीलाई लालपुर्जा वितरण गरिएको छ ।

 

तपाईको प्रतिक्रिया