युएईमा समाजवादी पार्टीको एकता

राजनीति

       

काठमाडौं, ३० साउन । समाजवादी पार्टी नेपालको भ्रातृ संगठन अन्तर्राष्ट्रिय–नेपाली समाज युएईको एकता घोषणा भएको छ ।

संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालको युएईमा रहेका दुईवटै पार्टीका भ्रातृ संगठनहरू नेपाली संघीय समाज युएई र अन्तर्राष्ट्रिय नेपाली समाज युएईबीच एकता भएको हो ।

एकतापछि नयाँ संगठनको नाम अन्तर्राष्ट्रिय–नेपाली समाज युएई राखिएको छ । समाजको अध्यक्षमा बाबुराम लोप्चन चयन भएका छन् ।

नयाँ कार्यसमितिलाई पार्टीका केन्द्रीय परिषद् सदस्य चन्द्रप्रसाद सापकोटाले शपथ गराएका थिए ।

तपाईको प्रतिक्रिया