घुससहित दुई जना पक्राउ

समाचार

       

बुटवल, ३० साउन । नेपाल बिद्युत प्राधिकरण त्रिवेणी उपवितरण केन्द्रका दुइजना कर्मचारीलाई ४६ हजार ५ सय ५५ रूपया घुस रकम सहित पक्राउ गरिएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटलवको टोलीले सो केन्द्रका चौथो तहका कर्मचारी मेघराज काफ्ले र प्राबिधिक नारायण कुर्मीलाई पक्राउ गरेको हो ।

थ्रि फेज लाइनको मिटर बक्स जडान गर्नकालागि घुस मागेको सूचनाको आधारमा बुटवलबाट गएको अख्तियारको टोलीले उनिहलाई ४६ हजार ५ सय ५५ रूपया घुस रकम सहित पक्राउ गरेको बुटवल स्थित अख्तियार कार्यालयका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए ।

पक्राउ परेका दुवै जना हाल बुटवल स्थित अख्तियारको नियन्त्रणमा रहेको र बिहिबार आवस्यक कार्बाहीका लागि अख्तियारको केन्द्रीय कार्यालय टंगाल पठाइने सूचना अधिकारी भुसालले बताए ।

तपाईको प्रतिक्रिया