लागूऔषधसहित दुई जना पक्राउ

समाचार

       

मोरङ, ३० साउन । बिराटनगर महानगरपालिका–१३ बाट भारत अररिया जोगवनी बस्ने १८ वर्षीय मोहम्मद अल्फाज र सोही ठाउँ बस्ने १८ वर्षीय मोहम्मद समिर समेत २ जनालाई लागूऔषध खैरो हेरोइन करिब ५ ग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय लागूऔषध नियन्त्रण ब्यूरो रजिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थपअनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया