स्कुल विभाग प्रमुखमा ईश्वर पोखरेल चयन

राजनीति

       


काठमाडौं, ३१ साउन । बिहिबार प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य स्थिति ठिक नभएकाले स्थगित भएको नेकपाको सचिवालय बैठक शुक्रबार बसेको छ । सचिवालय बैठकले नेपाल कम्युनिष्ट पार्टीको विभाग गठनमा देखिएको विवाद अन्त्य गरेको छ ।

३३ वटा विभागको कार्यविभाजन गर्दै नेतृत्वको टुंगो लगाएको हो । सचिवालय बैठकले स्कुल विभागको जिम्मेवारी ईश्वर पोखरेललाई दिएको छ भने प्रचार विभागमा नारायणकाजी श्रेष्ठ, विदेश विभागमा माधव नेपाल, संगठन विभागमा वामदेव गौतम, अर्थ विभागमा सुरेन्द्र पाण्डे, पर्यटन विभाग योगेश भट्टराई, नीति अध्ययन प्रतिष्ठान विभागको नेतृत्व झलनाथ खनाललाई दिइएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया