बलेरो अनियन्त्रित भई दुर्घटना हुँदा एकको मृत्यु

समाचार

       

सप्तरी, ३२ साउन । सप्तरीमा बलेरो गाडी अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

कंचनरुप नगरपालिका–११ बक्सहा चोकस्थित सडकमा बा.१६ च २२३५ नम्बरको पिकप बलेरो गाडी अनियन्त्रित भई शनिबार बिहान दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका गाडीमा सवार रुपन्देही तिलोत्तमा नगरपालिका–१ बस्ने ४० वर्षीय डाइल्स अधिकारीको उपचारको लागि अंचल अस्पताल राजबिराज सप्तरीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका गाडीमा अन्य ४ जनालाई उपचारको लागि नोबेल अस्पताल बिराटनगरतर्फ लगिएको छ ।

तपाईको प्रतिक्रिया