मुख्यमन्त्री राउतद्वारा जानकी मन्दिर सौन्दर्यीकरणको अनुगमन

समाचार

       

जनकपुरधाम, ३२ साउन । मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले प्रदेश सरकारद्वारा जानकी मन्दिरमा जारी सौन्दर्यीकरण कार्यको स्थलगत अनुमन गरेका छन् ।

शनिबार विहानै मुख्य न्यायधिवक्ता दिपेन्द्र झासहित जानकी मन्दिर पुगेका मुख्यमन्त्री राउतले जारी सौन्दर्यीकरणको कार्यवारे जानकी मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णव र छोटे महन्थ राम रोशन दाससँग छलफल गरेका थिए ।

छलफलको क्रममा महन्थ दासले प्रदेश सरकारद्वारा आठ करोडको लगानीमा जारी सौन्दर्यीकरणको कार्य उत्साह जनक रहेको बताएका छन् ।

सोही क्रममा मुख्यमन्त्री राउतले जानकी मन्दिरको थप सौन्दर्यीकरणको लागि विवाह मण्डपलाई रामायणकालिन प्राचिन शैलीमा पुनःनिर्माण तथा जानकी मन्दिर विवाहमण्डप, अरगज्जा सर, तेलहा मरहा सहितको गुरु योजना निर्माण गरि एकद्वार प्रणाली मार्फत सौन्दर्यीकरणको कार्यलाई अघि बढाउने बताए ।

यस आर्थिक वर्षमा पनि १० देखि १५ करोडसम्म जानकी मन्दिरको सौन्दर्यीकरणमा प्रदेश सरकार लगानी गर्ने योजना बनाएको उनले बताए ।

गुरु योजना निर्माणको लागि आर्टिटेक्ट इन्जिनियर, जानकी मन्दिरको प्रतिनिधि र पुरातत्व विभागको प्रतिनिधि सहितको टोली निर्माण गरिने मुख्यमन्त्री राउतले बताए ।

तपाईको प्रतिक्रिया