सरकार छाड्ने उपेन्द्र यादवको चेतावनी

राजनीति

       

काठमाडौं, १ भाद्र । सम्झौता कार्यान्वयन भए सरकार छाड्ने चेतावनी उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिएका छन् ।

समाजवादी पार्टीका अध्यक्ष समेत रहेका मन्त्री यादवले सरकारले सम्झौता कार्यान्वयन गर्ने तर्फ गम्भीर नरहेको आरोप लगाए । उनले सम्झौता कार्यान्वयन नभए सरकार छाड्ने चेतावनी दिएका छन् ।

पार्टीको जिल्ला समिति समायोजन घोषणा कार्यक्रममा सहभागी हुन शनिबार गोरखा पुगेका यादवले सम्झौता कार्यान्वयनमा नेकपाले चासो नदिएको आरोप लगाए ।

तपाईको प्रतिक्रिया