अवैध गाडी र सामान भन्सार चलान

समाचार

       

कपिलवस्तु, १ भाद्र । जिल्लाको सशस्त्र प्रहरी बल नं ३९ गुल्म कृष्णनगरबाट खटिएको टोलीले ५,९७,८२० (रु पाच लाख सत्तानबे हजार आठ सय बिस) रकम बराबर अबैध गाडी र समान भन्सार चलान गरेको छ ।

नयाँ गुल्मपती आएदेखि नै सिमानाकामा निगरानी बढाइएको छ । कृष्णनगर सशस्त्र गुल्मबाट खटिएको मोबाइल डियूटी टोलीले करिब दिनको १२ बजेको समयमा कृष्णनगर नगरपालिका वडा नं ३ लक्ष्मीनगर र कृष्णनगर नगरपालिका वडा नं २ ब्यारिएर चेकपोस्ट भन्ने स्थान देखि भारतबाट अबैध रुपमा ल्याउदै गरेको नम्बर प्लेट समेत न खुलेको टाटा सोमो कार लगायत कपडा र किरानाका समान गरि ५,९७,८२० रकम बराबर को समान भन्सार चलान गरिएको कुरा सशस्त्र प्रहरी बल कृष्णनगरका गुल्मपती सशस्त्र प्रहरी नायब उपरिक्षक सुशिल कुमार शाहीले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया