नवनियुत्त क्याम्पस प्रमुखलाई स्वागत

समाचार

       

कपिलवस्तु, १ भाद्र । कपिलवस्तु बहुमुखी क्याम्पस तौलिहवामा नवनियुक्त क्याम्पस प्रमुख डा. विनय पाण्डेयलाई स्वागत तथा बधाई आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

क्याम्पस प्रमुख पाण्डेयले क्याम्पसको हकहितका लागि आफूले काम गर्ने बताए । साथै उनले सबै पक्षसँग मिलेर आफूले काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

पाण्डेयले शैक्षिक गुणस्तर नै क्याम्पसको सूचक रहेको हुँदा सबै मिलेर शैक्षिक गुणस्तर विकासको लागी लाग्नुपर्ने बताए ।

क्याम्पस संचालन समितिका अध्यक्ष रामदास गुप्ताले नवनियुक्त क्याम्पस प्रमुखले सबै पक्षलाई समेटेर क्याम्पसको विकासमा योगदान दिनुपर्ने बताए ।

क्याम्पस सबैको साझा संस्था भएकोले प्रमुखले अशल क्रियाकलाप गरी शैक्षिक गुणस्तर तर्फ लाग्नु पर्ने बताए ।

तपाईको प्रतिक्रिया