शहीदको सपना साकार पार्दै प्रदेश सरकार : मुख्यमन्त्री राउत

समाचार

       

सप्तरी, २ भाद्र । मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले प्रदेश सरकार शहीदहरुको सपना साकार पार्ने बाटो अग्रसर रहेको बताएका छन् ।

समाजवादी पार्टी नगर समिति हनुमाननगर कंकालिनी नगरपालिकाद्वारा सप्तरीको भरदहमा आइतबार आयोजित तेश्रो मधेश आन्दोलनका प्रथम सहिद राजिव राउतको चौथो स्मृतिसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले शहीदहरुले देखेको सपना साकार पार्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताए ।

मुख्यमन्त्री राउतले शहीदहरु प्रति सच्चा श्रद्धाञ्जली उनिहरुको सपना साकार पार्नुनै रहेकाले आन्दोलनको मुख्य एजेण्डा समानतालाई मुल मन्त्र बनाएर प्रदेश सरकार अघि बढेको बताए ।

सम्मान अवसर र अधिकारका लागि राजिव राउत सहित सयौ मधेशी जनताले वलिदानी दिएको उल्लेख गर्दै मुख्यमन्त्री राउतले भने, प्रदेश सरकारले सहिदले वगाएको रगत खेर जान दिदैन ।

उहाँहरुले देख्नु भएको सपना साकार गर्ने दायित्व हाम्रो काँधमा छ । महिलालाई ५० प्रतिशत अरक्षणको ब्यवस्था साथै वेटी पढाउ, वेटी बचाउ कार्यक्रम , दलित शक्ति करण ऐन , मदरसा बोर्ड गठन सम्बन्धि विधेयक त्यसकै उपज रहेको उनले बताए ।

तपाईको प्रतिक्रिया