मैथिली संस्कार गीत प्रतियोगिता सम्पन्न

कला/संस्कृति

    19 August 2019   

जनकपुरधाम, २ भदौ । मैथिली महिलाको समूहका रुपमा रहेको सखी बहिनपाले आफ्नो वार्षिकोत्सव समारोहको अवसरमा शनिबार मैथिली संस्कार गीत प्रतियोगिताको आयोजना गरेको थियो ।
विभिन्न चाडपर्व तथा मैथिली संस्कारमा गाईने मैथिली संस्कार गित गाउनका लागि प्रतियोगीतामा ठूलो संख्यामा महिला सहभागी हुनुहुन्थ्यो ।
उक्त प्रतियोगितामा पुर्णकला झा प्रथम, प्रियङ्का चौधरी द्धितीय र रेखा हाती तृतीय भएका थिए भने, त्यसैगरी सान्त्वना पुरस्कार पाउनेमा ज्योति झा, सुधा कर्ण, गायत्री झा, गङ्गा कर्ण, मिरा देवी, निलम झा र आर्या झा रहेका थिए ।
विजयी महिलालाई जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख रीताकुमारी मिश्र तथा समूहका संस्थापक अध्यक्ष आरती झाद्धारा चाँदीको तक्मा पुरस्कारस्वरुप संयुक्त रुपमा वितरण गरिएको थियो ।

 

तपाईको प्रतिक्रिया