पूर्वमुख्यमन्त्री जगन्नाथ मिश्रको निधन

समाचार

    19 August 2019   

काठमाडौं, २ भाद्र । भारतको बिहारका पूर्व मुख्यमन्त्री जगन्नाथ मिश्रको सोमबार निधन भएको छ ।
पछिल्लो केही दिनदेखि मिश्र दिल्लीको अस्पतालमा उपचाररत थिए ।
मिश्राको ८२ वर्षको उमेरमा मृत्यु भएको हो ।
१९७५ मा पहिलो पटक, १९८० मा दोस्रोपटक र १९९० मा तेस्रोपटक गरी मिश्रा तीनपटक बिहारको मुख्यमन्त्री बनेका थिए ।
जगन्नाथ मिश्रले एक प्राध्यापकको रुपमा आफ्नो करियर सुरु गरेका थिए र पछि बिहार विश्वविद्यालयमा अर्थशास्त्रको प्रोफेसर समेत बनेका थिए ।

 

तपाईको प्रतिक्रिया