किसानलाई आत्मनिर्भर बनाउने लक्ष्य : हरेराम यादव

अध्यक्ष, रूपनी गाउँपालिका , सप्तरी

स्थानीय सम्वाद्

    २०७६ साल भदौ ६ गते शुक्रबार ।   


नेपालको सगरमाथा अञ्रूचल, सप्तरी जिल्लाको उत्तर भू–भागमा अवस्थित गाउ“पालिका हो । रूपनी गाउ“पालिका सप्तरी जिल्लाका साविक गा.वि.स. हरू रायपुर, कटैया, जमेनी मधेपुरा (७–९), बसबिट्टी र तेरहौता संयोजन भई ६ ओटा वडामा सीमित हुन पुगेको छ । हाल २ नं. प्रदेश अन्तर्गत नेपाल सरकारको मिति २०७३।११।२७ को निर्णयबाट गठित गाउ“पालिका हो । भौगोलिक हिसाबमा उत्तरमा चुरे श्रेणीदेखि दक्षिणमा तराई मधेशको भूभाग ओगटेको यस क्षेत्र पूर्व पश्चिम राजमार्गस“ग जोडिए तापनि आर्थिक, सामाजिक लगायत समग्र मावन विकास सूचांकमा अपेक्षित उपलब्धी हासिल गरिसकेको छैन ।

० तपाइँ जनप्रतिनिधिको रूपमा निर्वाचित भएर आएदेखि के–के गर्नुभयो ? 

— स्थानीय निकाय २० वर्षदेखि जनप्रतिनिधिविहीन अवस्थामा थियो । त्यसपछि हामी निर्वाचित भएर आउँदा जनताका धेरै इच्छा र आकांक्षा थियो । सोही बमोजिम हामीले थुप्रै नयाँ–नयाँ कार्यक्रम ल्याएर जनतालाई सहजरूपमा स्थानीय तहमै सेवासुविधा प्रदान हुने हिसावले काम गरिरहेका छौं । आम जनताले स्थानीय निकायबाट पाउनुपर्ने सेवा सुविधाहरू समयमै पाइरहेका छन् । कानूनी अड्चन, बाधा बाहेकका कामहरूमा जनताले सेवा पाइरहेका छन् ।

० विकास निर्माणको क्षेत्रमा के कस्ता कामहरू भए ? 

— पूर्वाधार, पशु, कृषि, महिला, खानेपानी तथा सरसफाई र शिक्षा लगायत विभिन्न क्षेत्रलाई समेटेर नीति तथा कार्यक्रमअनुसार काम गरिरहेका छौं ।  

० यसरी काम गरिरहँदा कतिका चुनौतीहरूको सामना गर्नुप¥यो ? 

— धेरै चुनौतीहरू छन् । विकास निर्माणका कामहरू गरिरहँदा चुनौती र अवसर दुवै छन् । जतिसुकै राम्रा काम गर्दा पनि प्रतिद्वन्द्वीहरूले अनावश्यक तनाव दिने काम गरिरहेका छन् । बाटो फराकिलो सबभन्दा ठूलो समस्या हो । तैपनि हामीले पाएको जिम्मेवारीअनुसार आफ्नो काम गरिरहेका छौं । हामीले हरेक सरोकारवाला पक्षहरूसँग समन्वय गरेर राम्रो काम गर्दै आएका छौं ।

० शिक्षाको क्षेत्रमा कतिको सुधार भएको छ ? 

— शिक्षामा यो गाउँपालिका एकदमै पछाडि परेको थियो । कर्मचारीहरू समयमा नआउने समस्या थियो । त्यसका लागि हामीले विद्युतीय हाजिरीको व्यवस्था गरेका छौं । त्यसको हामीले नियमितरूपमा अनुगमन गरिरहेका छौं । सामुदायिक विद्यालयप्रति आम जनताको जसरी आकर्षण घट्दै गइरहेको थियो, त्यसलाई निस्तेज पार्नका लागि सबै सरोकारवाला पक्षसँग छलफल ग¥यौं । अहिले सामुदायिक विद्यालयमा राम्रो पढाई हुनुका साथै अतिरिक्त क्रियाकलापहरूसमेत व्यवस्था मिलाएका छौं । सामुदायिक विद्यालयमा विद्यार्थी पढ्न जाऊन् भन्ने वातावरण बनाउनका लागि गाउँपालिकाले धेरै पहलहरू गरेको छ । त्योअनुसार अब निजी विद्यालयबाट सामुदायिक विद्यालयमा जान प्रेरित भएका छन् । यस विषयमा आम जनताले पनि महसुस गरेका छन् ।

० कृषि उत्पादन वृद्धि गर्न के गर्नुभएको छ ? 

— सामूहिक खेती गर्ने किसानहरूलाई बीउ उत्पादन गर्न र उन्नत जातका प्रविधिहरूबाट आधुनिक तरिकाले खेती गर्न प्रत्येक टोलमा कार्यक्रमहरू सञ्चालन गरेका छौं । त्यसैले, पशु पालनका विषयमा पनि दक्ष प्राविधिकहरूद्वारा तालिम दिलाएर फर्महरू निर्माण गरेका छौं । त्यसबाट यहाँका किसान र पशुपालकहरू उत्साहित भएका छन् । हाम्रो लक्ष्य नै किसानलाई आत्मनिर्भर बनाउने हो । वैदेशिक रोजगारभन्दा पनि यहाँ नै बढी आम्दानी हुन सक्छ भन्ने उद्देश्यका साथ नै गाउँपालिकाले यस्तो कदम चालेको हो । मधेशमा सबभन्दा ठूलो समस्या खानेपानी र वासप्लानका छन् । त्यसका लागि हामी आवधिक योजना तयार गर्न दक्ष प्राविधिकहरू ल्याएर तालिम दिन दिएका छौं । एउटा योजना बनाएर यहाँबाट पूर्ति हुनसक्ने कुरा पूर्ति हुन्छ ।

० तपाइँहरूको कामबाट जनता कतिको सन्तुष्ट छन् ? 

— हाम्रो कामबाट जनता एकदम सन्तुष्ट छन् । हामीले गरेका हरेक कामको विषयमा जनतामा गएर अनुगमन गरिरहेका छौं । हामीले गरेको कमको विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम गर्दै आएका छौं । सार्वजनिक सुनुवाई गर्दा जनताले प्रश्न गर्छन् र हामीले निर्धक्करूपमा सन्तुष्ट हुने जवाफ दियौं । यसपाली हामीले प्रदेश सरकार र राष्ट्रपति चुरे संरक्षण कार्यक्रमबाट पनि केही बजेट ल्याएर काम गरेका छौं ।

० सिंहदरबार गाउँ–गाउँमा जनताले महसुस गरेका छन् ? 

— यो गाह्रो प्रश्न हो । हामीले विभिन्न कार्यक्रमहरूमा सुन्छौं कि दरबार भनेको काठमाडौंमै छ र सिंह गाउँमा छ । सिंहदरबार भनेको स्थानीय निकायको कमाण्डर स्थानीय निकायका अध्यक्ष हो । जुन राजासँग सेना, प्रहरी छैन, त्यो राजाको कति हैसियत औकात हुन्छ भन्ने कुरा सबैलाई अवगत नै छ । हामीलाई सिंहदरबार दिएको छ तर कार्यान्वयन पक्षमा स्थानीय सरकारसँग साधन स्रोत, प्रहरी सेना छैन । अहिले हामी संघीय सरकारको प्रहरीमार्फत् काम गरिरहेका छौं । हाम्रो आफ्नो सेना र प्रहरी नहुँदा काम गर्न कठिन भइरहेको छ । त्यसकारण, जनताले सिंहदरबार गाउँमा महसुस त गरेका छन् तर अहिले पनि पूर्णरूपमा हामीले अधिकार पाएका छौं । जनताले आफ्नो गाउँ–ठाउँ आफै विकास गर्ने र निगरानी गर्न पाएका छन् ।

० स्थानीय सरकारले कर बढायो भन्ने गुनासोहरू पनि थियो, तपाइँको गाउँपालिकामा करको दायरा कस्तो राख्नुभएको छ ?

— करको विषयमा यहाँ पनि विभिन्न किसिमका कुराहरू आएको थियो । ठूलठूला व्यापारीहरूका लागि कर बढाएका छौं । जो साना व्यवसायीहरू, किसानहरूका लागि जुन पहिलादेखि चल्दै आएको थियो त्यसमा अलिकति परिमार्जन गरेर बढाएका छौं ।

० तपाइँ आफ्नो कार्यकालभित्र रूपनी गाउँपालिकालाई कस्तो बनाउने सोच्नुभएको छ ?

— हामीले आफ्नो कार्यकालभित्र रूपनी गाउँपालिकालाई सुन्दर, सुशासित र समृद्ध बनाउने सपना देखेका छौं । समृद्ध गाउँपालिका बनाउने हाम्रो लक्ष्य छ । त्यहीं हिसावले हामी लागिपरेका छौं ।

तपाईको प्रतिक्रिया