‘बुवा’ ले पायो पहिलो पुरस्कार

अर्थ/वाणिज्य

       

काठमाडौं, १४ भाद्र । एनसेल प्रा.लि.ले आयोजना गरेको एनसेल सर्ट फिल्म कम्पिटिसनअन्तर्गत कमल सुवेदी र उनको समूहले बनाएको ‘बुवा’फिल्मले पहिलो पुरस्कार पाउन सफल भएको छ । यो प्रतियोगिता थिम बुवा रहेको थियो ।

बुवाको मुख हेर्ने दिनको अवसरमा एनसेलले साउनको तेस्रो साताबाट ईच्छुक सर्ट फिल्म निर्माताहरुबाट प्रतियोगितामा समावेश हुन आवहान गरेको थियो । यस प्रतियोगिताको मुख्यलक्ष्यभनेको युवाप्रतिभाहरुलाइै चलचित्रनिर्माणमा प्रोत्साहनगर्नु रहेको थियो ।

प्रतियोगितामा७० वटा भन्दा बढि सर्ट फिल्महरु आएकाथिए र निर्णायक मण्डललाई उत्कृष्ट १० विजेताहरु छान्नका हम्मे हम्मे परेको थियो । उक्त निर्णायक मण्डलमा क्युएफएक्स सिनेमाका संस्थापक एवं चलचित्र उद्यमी नकिम उद्दीन, निर्देशक आसिफ शाह र प्रख्यात पत्रकार विद्या चापागाँई रहेका थिए ।

यस प्रतियोगिताको मुख्यउदेश्यभनेको युवाप्रतिभालाई आफ्नो सिप र कौशल प्रस्तुतगर्ने प्लेटफर्म प्रदानगर्नु र बुवाको मुख हेर्ने दिनग्राहकहरुका साथ सामाजिक सञ्जालमार्फत साझागर्न मिल्ने सामाग्रीहरु हेर्दै यो विशेष दिनमनाउनुरहेको छ । एक विशेष समारोहमाझबुधबार साझ क्युएफएक्स सिनेमालबिममलमाउत्कृष्ट १० सर्ट फिल्महरुको प्रिमियर सो गरिएको थियो । सो समारोहमा नेपालीचलचित्रउद्योगकागन्यमान्यव्यक्तित्वहरु, चलचित्रकर्मीहरु, दिग्गजकलाकारहरु, प्रतियोगिताका साझेदार र मिडिया क्षेत्रकापाहुनाहरुको उपस्थिती रहेको थियो ।

प्रतियोगितामा समावेश भएका र उत्कृष्ट १० मा पर्न सफल सर्ट फिल्महरुकाकथाले रचनात्मक र भिन्नाभिन्नै शैलीमाबुवासँग सन्तानहरुका सम्बन्धकाबारेमा चित्रण गरेका थिए । एनसेलले यी१० उत्कृष्ट सर्ट फिल्महरुलाई बुवाको मुख हेर्ने दिनआफ्नो सामाजिक सञ्जालहरु मार्फत सार्वजनिकगर्नेछ । कार्यक्रममाबोल्दै चर्चित कलाकार हरिवशं आचार्यले भने, “छोटो समयमा यसरी कथाभन्नु एउटा राम्रो खुबिहो । यसरी नै सिनेमाबनाउदै सिक्दै जाने माध्यमहो र आशा छ उहाँहरुलाई पछि ठूला–ठूला पर्दा देख्न पाउने छौं ।”

सोहीकार्यक्रममाउत्कृष्ट सर्ट फिल्महरुको नाम सार्वजनिकगर्दै सहभागिहरुलाई आकर्षक पुरस्कार हस्तान्तरण गरिएको थियो । एनसेलकाचिफ टेक्निकलअफिसर मोहम्मदअदिल ईसरारले उत्कृष्ट पहिलो, फस्ट रनर अप, सेकेण्ड रनर अपलाई पुरस्कार र अन्यदुई सर्ट फिल्मलाई पनि सान्त्वना पुरस्कार वितरण गरेका थिए ।

“कथाकति सशक्त छ र प्रस्तुतिकत्तिको राम्रो तरीकाले गरिएको छ भनेर निर्णायक मण्डलले निर्णय गरेका थियौं । सबै एम्मेच्योरहरु भएकाले टेक्निकालिटिज्मात्यति धेरै ध्यानदिएनांै,” निर्णायक मण्डलका सदस्यमध्य एक शाहले भने ।

कमल सुबेदी र उनको समुहले बनाएको सर्ट फिल्म ‘बुवा’ ले पहिलो पुरस्कार स्वरुप रु १ लाखनगद पुरस्कार र समुहकातीनजनाले प्रत्येक महिना १२ महिना सम्म १० जिबी डेटा पाएका छन् । यसका साथै यो समुहले निर्देशकआसिफशाहसँग सुटिङको बारेमापनिसिक्ने मौका पाउनेछन् ।

त्यस्तै विशालन्यौपाने र उनको समुहले बनाएको फिल्म ‘द ईण्ड अफकल्चर’ ले दोश्रो पुरस्कार स्वस्प रु ७५,००० नगद पुरस्कार र समुहकातीनजनाले प्रत्येक महिना १२ महिना सम्म १० जिबी डेटा प्राप्त गरेकाछन् । द नेक्ट लेभल प्रोडक्सनको ‘वल्ड एजहोम’ ले सेकेण्ड रनर अपबन्दै रु ५०,००० नगद पुरस्कार जित्नुका साथै समुहकातीनजनाले प्रत्येक महिना १२ महिना सम्म १० जिबी डेटा पाएका छन् ।

पहिलो पुरस्कार विजेता समुहका एक सदस्यनिश्चलकार्कीले उतm भिडियोको प्रस्तुतकथामाविगततीनवर्ष देखि कामगरिरहेको बताए र यस भिडियो मार्फत उनीहरुले छोराछोरीले आमाबुवालाई बुढेश कालमा बृद्घाश्रममा छोड्ने सामाजिक समस्यालाइदर्शाउनखोजेको बताए ।

राजामहर्जन ‘बुवा’ र राईजिङ स्टार नेपालको ‘ड्याड, सन एण्ड ल्यापटप’ ले सान्त्वना पुरस्कार हातपारेका थिए । सान्त्वना पुरस्कार अन्तर्गत यीदुई सर्ट फिल्मले रु २५,०००÷२५,००० का साथै यीदुई सर्ट फिल्मनिर्माण समुहका ३÷३ जनाले १० जिबीएनसेल डेटा प्रत्येक महिना १२ महिना सम्मपाउनेछन् ।

तपाईको प्रतिक्रिया