चिनियाँ चोरहरू (सम्पादकीय)

सम्पादकीय

    २०७६ साल भदौ २० गते शुक्रबार   

भदौ १५ गते एटीएम कार्ड प्रयोग गरी पैसा चोरी गर्ने पाँच चिनियाँ नागरिकलाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ । दरबारमार्गबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूको साथबाट १ करोड २६ लाख नेपाली रूपैयाँ र १० हजार अमेरिकी डलर समेत बरामद गरिएको छ । उनीहरू १३ भदौमा काठमाडौं आएका थिए । 

साउन १९ गते चिनियाँ नागरिक लिनिन सी ड्रागन एयरको उडानबाट हङकङ हुँदै काठमाडौं आएका थिए । उनी सबै चेकिङ पार गरेर आइसकेका थिए । तर, रेड च्यानलमा भन्सार चेकिङ गर्ने क्रममा शंकास्पद व्यवहार देखाउन पुगे । 

प्रहरीका अनुसार भन्सार चेकिङका क्रममा उनको लगेजमा पहेलो बिस्कुट आकारको धातु देखियो । लगेजमा लुकाइ राखेको धातुबारे अनुसन्धान गर्दा चार किलो सुन भएको तथ्य पत्ता लाग्यो । भदौ ८ गते जहाजभित्रै सुन र नगद चोरी गर्ने दुइजना चिनियाँ नागरिक पक्राउ परे । चोरी कार्यमा संलग्न रहेको अभियोगमा पक्राउ पर्ने चिनियाँहरू टर्किस एयरलाईन्सबाट काठमाडौं आएकी डेनमार्क नागरिकको जहाजभित्रै सुन र नगद चोरी भएको खबर प्राप्त भए पछि प्रहरीले अनुसन्धान शुरू गरेको थियो । 

यहि क्रममा टर्किस एयरलाईन्सबाट स्तानबुल जान लागेका उनीहरूलाई चोरी भएको सुनको बाला २ थान र विभिन्न देशका मुद्रा सहित फेला पारी पक्राउ गरियो । नेपालमा चिनियाँ चोरहरूको बिगबिगी कति रहेको छ भन्ने यो सानो दृष्टान्त मात्र हो । नेपालमा चिनियाँहरूले नेपाली समाजलाई कसरी प्रदूषित गर्दै गइरहेको छ त्यसको उदाहरण हो । विगतमा चिनियाँ चोरहरूले नेपालमा मच्च्याएको उधुमको पछिल्लो परिघटना हो एटीएम ह्याकिगं । काठमाडौंबाट चिनियाँ ह्याकरहरूको गिरोह पक्राउ परेपछि तत्कालका लागि विपद् टरे पनि बैंकका ग्राहकहरूसँग सम्बन्धित संवदेनशील विवरण चोरी भएको हुन सक्ने सम्भावना अझै रहेको छ । साइबर सुरक्षाविज्ञहरूले जोखिम समाप्त भइसकेको भनेर ढुक्क हुने अवस्था नरहेको बताएका छन् । घटनालाई नेपालको अहिलेसम्मकै ठूलो साइबर आक्रमण मानिएको छ । प्राविधिक रूपमा निकै सुरक्षित मानिएको एटीएम प्रणाली तोड्न ह्याकरहरू सफल भएका हुन ।

ह्याकरहरूले भण्डारण गरिएको गोप्य तथ्यांक पनि हात पारेका रहेछन् भने हजारौँ सक्कली खातावालको एटीएम कार्ड नै बनाउन सक्ने जोखिम विद्यमान रहेको छ । त्यसैले अहिलेको सबैभन्दा ठूलो डर भनेकै ब्याकिंग प्रणालीमा रहेको हाम्रा निक्षेपकर्ताका विवरणमा ह्याकहरूको पहुँच पुग्यो कि भन्ने हो । 

ब्याकिंग क्षेत्रका व्यक्तिहरू यसलाई निकै योजनाबद्ध र खतरनाक आक्रमण भएको बताउँदै त्यसमा निकै क्षमतावान् व्यक्तिहरू भएको र संगठित’ गिरोह संलग्न भएको जस्तो देखिने बताउँछन् । जतिसुकै सुरक्षित प्रणाली चलाइए पनि मुख्य कुरा जनशक्तिको हो । खासमा प्रविधि प्रणाली सञ्चालन गर्दा चाहिने सचेतना प्रविधिभन्दा बढी आवश्यक पर्छ ।

यसकै फाइदा चिनियाँ चोरहरूले उठाएका हुन् । त्यसैले अहिलेको चुनौतीसँग जुझ्नलाई प्रविधिसँग जोडेर मात्र हेर्न हुँदैन । सुरक्षाका पर्खालहरू राख्ने, त्यसलाई नियमित अद्यावधिक र अनुगमन गर्ने काम उत्तिकै महत्तवपूर्ण छ । तर त्यसलाई समेत बाइपास गर्न सकिने उपायहरू थुप्रै हुने भएकाले सधैँ अद्यावधिक गरिएको संस्करण प्रयोग गर्नुपर्नेमा सबै नेपाली बैंकले त्यसो नगरेकाले समस्या उत्पन्न भएको हो ।

नेपालको बैंकिंग सुरक्षा कमजोर देखिँदा अन्तर्राष्ट्रिय वित्तीय कारोबार प्रणालीमा नेपालको विश्वासमा समेत कमी आउने जोखिम रहेको छ । ह्याकरहरू समग्र प्रणालीको कमजोर भागबाट छिर्ने हुँदा सूचनाको साझेदारीमा भुक्तानी गर्ने त्यस्ता द्वारमा छिर्ने भय हुन्छ । जसले गर्दा अप्रत्यक्ष रूपमा मापदण्डहरू खडा गर्दै कालो सूचीमा राख्ने जोखिम बढ्छ ।

कास्मिर “भारत”कै हो

साउन २० गते भारत सरकारले जम्मू–कश्मीर राज्यलाई विशेषाधिकार दिने संवैधानिक प्रावधान खारेज ग¥यो । भारतका राष्ट्रपति रामनाथ कोविन्दले जम्मू–कश्मीरलाई विशेषाधिकार दिएको संविधानको धारा ३७० र अनुच्छेद ३५ ए खारेज गरेको सूचना जारी गरे । त्यसपछि केन्द्रीय गृहमन्त्री अमित शाहले राज्य सभामा विपक्षीहरूको विरोधका बीच जम्मु कास्मिरको विशेषाधिकार समाप्त भएको सूचना टेबुल गरे । सन् १९४७ मा भारत–पाकिस्तान विभाजन भएपछि कश्मीरको केही भाग भारतको अधीनमा आएको हो । 

दोस्रो कार्यकालका लागि पुनः प्रधानमन्त्री निर्वाचित नरेन्द्र मोदी नेतृत्वको सरकारले ६५ वर्ष पछि काश्मिरी जनताले प्राप्त गर्दै आएको अधिकार कटौती गर्ने सम्बन्धी सूचना राज्यसभालाई दिएका हुन ।  

कास्मिरमा जे जति भइरहेको छ, त्यो भारतको आन्तरिक मामिला हो र यसका अन्य कुनै देशको सरोकार छैन । भारतले कास्मिरी जनताका हितलाई ध्यानमा राखेर नै संविधानमार्फत कदम चालेको हो ।

यद्यपी यस घटनालाई भारतको ‘परम शत्रु राष्ट्र’ पाकिस्तानले विरोध जनाएको छ । तर उसको विरोध भनेको तात्कालीक मात्र हो । पाकिस्तानल कास्मिर मुद्दालाई उठाएर विश्वको ध्यान आफू तिर तान्न खोजे पनि सम्पूर्ण विश्व यसलाई भारतको आन्तरिक मामिला भन्दै पाकिस्तानको समर्थन गर्न पछि हटिसकेको छ । 

नेपालसरकारले पनि जम्मू–काश्मीर मामिलालाई भारतको आन्तरिक मामिला भएको स्पष्ट पारिसकेको छ । नेपाल क्षेत्रीय रूपमा र छिमेकमा समेत शान्ति र स्थिरताका पक्षमा नेपाल उभिएको नेपाल सरकारले स्पष्ट पारेको छ । यद्यपी नेपाल सार्कको अध्यक्ष राष्ट्र भएका कारणले होला सार्कका अन्य सदस्य राष्ट्रको ध्यान नेपालप्रति कन्द्रित छ । तर सार्क संगठनका अध्यक्षका रूपमा पनि नेपालले राखेको धारणाप्रति अन्य सदस्यहरूको पनि मिल्दोजुल्दो छ । 

यो विषयलाई पाकिस्तानले राष्ट्रसंघको सुरक्षा परिषदमा समेत पु¥याएको छ । तर, भारतले भने यसलाई विशुद्ध आफ्नो आन्तरिक मामिला भएको बताइ रहँदा पनि पाकिस्तानले अन्तर्राष्ट्रिय समुदायके साथ खोजिरहेको छ जसमा उसले अहिलेसम्म सफलता पाउन सकेको छैन । 

कास्मिर विवाद समाधानका लागि पाकिस्तानमा थरीथरीका धारणा छनर । यसबारे पाकिस्तानभित्रै पनि मतैक्य छैनर । एकथरी जनमत संग्रह माग गर्छनर । ‘कास्मिर हाम्रै भूमि हो, विलय गराउनुपर्छ’ भन्ने अर्काथरी पनि छनर । जबकि भारतमा यस्तो छैन । भारतीयहरू कास्मिर भारतकै भूमि रहेको त्यहाँ शान्ति, स्थिरता र समृद्धिको पक्षमा छन् ।

कास्मिर अहिले झनै जटिल किन भएको छ भने यो आन्तरिक मुद्दा त हुँदै हो, मुस्लिम राष्ट्रका विभिन्न सम्मेलनमा पाकिस्तानले भारतलाई एक्ल्याउन यही कास्मिर विवाद उचाल्छर ।

 

तपाईको प्रतिक्रिया