भारतमा टेलिकमको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा

अर्थ/वाणिज्य

       

काठमाडौं, २२ भाद्र । नेपाल टेलिकमले छिमेकी मुलुक भारतमा अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा दिन थालेको छ ।

अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवामा सामयिक परिमार्जन गर्ने उद्देश्यले विगतका दिनहरुमा सञ्चालनमा रहेको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा केही समय बन्द गरिएकोमा हाल पुनः सञ्चालनमा ल्याइएको हो ।

अब नेपाल टेलिकमका ग्राहकहरुले अन्तर्रा्ष्ट्रिय रोमिङ सुविधा प्राप्त गरी भारतमा जाँदा भ्वाइस र एसएसएमका साथै इन्टरनेट सेवा पनि उपयोग गर्न सकिने छ ।

हाल अन्तर्राष्ष्िट्रय रोमिङ सेवा क्रियाशील अवस्थामा रहेका सम्पूर्ण पोस्टपेड तथा प्रिपेड ग्राहकहरुलाई यो डाटा रोमिङ सेवा स्वतः उपलब्ध हुनेछ ।

आजबाट अन्तर्रा्ष्ट्रिय रोमिङ सेवा लिने ग्राहकहरुलाई भने सेवा दर्ता गरेकै समयमा भ्वाइस, एसएमएस तथा इन्टरनेट सेवा उपलब्ध हुनेछ ।

जीएसएम पोस्टपेड तथा प्रिपेड ग्राहकहरुले हाललाई डाटा रोमिङ सेवा छिमेकी भारतमा प्रयोग गर्न सक्नेछन् । निकट भविष्यमै यो सेवा अन्य देशहरुमा पनि विस्तार गर्दै लगिने कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया