जनमत पार्टी रूपन्देहीको बैठक सम्पन्न

राजनीति

       

रुपन्देही, २२ भाद्र । डा. सीके राउत नेतृत्वको जनमत पार्टीको जिल्ला समितिको बैठक सम्पन्न भएको छ ।

जनमत पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज भोपेन्द्र प्रसाद यादवको अध्यक्षतामा बसेको जिल्ला स्तरीय बैठकबाट पूर्वकार्य समीक्षा तथा आगामी कार्यदिशा तय गरिएको छ ।

साथै उक्त बैठकद्धारा विभिन्न कार्यका लागि जिम्मेवारी समेत बाँडफाँट गरिएको पार्टीका नेता संजय कुमार मिश्राले जानकारी दिए ।

प्रमुख अतिथि केन्द्रीय सदस्य भोपेन्द्र यादव, अतिथि वरिष्ठ नेता संजय कुमार मिश्रा, संत राज कुर्मी, दिलिप यादव लगायत पार्टीका सयौं कार्यकर्ता नेताहरुको उपस्तिथि रहेको थियो भने कार्यक्रम संचालक रामकेश गुप्ता तथा उक्त कार्यक्रमको अध्यक्षता चन्द्रशेखर सुनारले गरेका थिए ।

तपाईको प्रतिक्रिया