करेन्ट सर्ट भई आगलागी हुँदा १० लाखको क्षति

समाचार

       

धनुषा, २४ भाद्र । जनकपुर उपमहानगरपालिका–२१ कुर्था बस्ने लालबाबु साह सोनारको घरमा करेन्ट सर्ट भई आगलागी भएको छ ।

मंगलबार बिहान करेन्ट सर्ट भई आगलागी हुँदा नगद ५ लाख २५ हजार रुपैयाँ, चाँदीका गहनाहरु २० तोला, सुनका गहना ५ तोला र विभिन्न सामान जलेर करिब ९ लाख ९० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीयबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया