कपिलवस्तुमा पनि मनाइयो विपी जयन्ती

राजनीति

मणि प्रसाद गैह्रे

       

कपिलवस्तु, २४ भाद्र । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता एवं साहित्यकार विशेश्वर प्रसाद कोइरालाको १ सय ६औं जन्मजयन्ती कपिलवस्तुमा पनि विविध कार्यक्रम गरी मनाइएको छ ।

कांग्रेस जिल्ला कार्य समिति, क्षेत्रीय समिति र विभिन्न भ्रातृ संस्थाहरुले विभिन्न स्थानमा कार्यक्रम, विरामीलाई फलफुल वितरण, सभा तथा गोष्ठी गरेर मनाएका छन् ।

योसँगै नेपाली कांग्रेसले दोस्रो चरणको जागरण अभियान समेत जयन्तीकै अवसरबाट सुरुवात गरेको छ ।

कांग्रेस प्रदेशसभा क्षेत्रिय कार्यसमितिले छत्रपाली तिर्थादेवी मावि पकडीमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा बोल्दै कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद अतहर कमालले लोकतन्त्रको स्थापना र संस्थागत विकासमा विपी को योगदानले नै अहिले मुलुकमा गणतन्त्र आएको बताए ।

साथै वर्तमान नेकपाको सरकार संस्थागत भ्रष्टचार र जनतालाई कर थुपार्ने र विकास विरोधी काम गरेको आरोप लागए ।

सो अवसरमा प्रदेश सभा सदस्य वसिउद्धिन मुसलमान, हरिराज घिमिरे, क्षेत्रीय सभापति वलिउद्धिन मुसलमान, जिल्ला सहसचिव विरेन्द्र शुक्ला लगायतले लोकतन्त्र र विपीको बारेमा बोलेका थिए ।

तपाईको प्रतिक्रिया