टीकापुरमा डल्फिन महोत्सव हुने

समाचार

       

कैलाली, २५ भाद्र । कैलालीको टीकापुरमा डल्फिन महोत्सव आयोजना हुने भएको छ । नेपाल पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै कैलाली होटल व्यवसायी संघले महोत्सवको आयोजना गर्न लागेको हो ।

महोत्सवको तयारीबारे जानकारी गराउन धनगढीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएको छ ।

डल्फिन संरक्षण र पर्यटन वर्षलाई लक्षित गरी कैलाली होटल व्यवसायी संघले टीकापुरमा डल्फिन महोत्सव आयोजना गर्न लागेको हो ।

होटल व्यवसायी संघले यही भाद्र २८ देखि ३० गतेसम्म टीकापुरमा महोत्सव आयोजना गर्न लागेको जानकारी दिएको छ ।

महोत्सवमा डल्फिन अवलोकन, थारु तथा अछामी खानाको परिकार, थारु नृत्य, देउडा प्रतियोगिता, कर्णाली नदीमा जलयात्रा लगायतको व्यवस्था रहने जनाइएको छ ।

सो महोत्सवको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

तपाईको प्रतिक्रिया