आत्महत्या रोकथामसम्बन्धी सचेतनामूलक कार्यक्रम

समाचार

       

मोरङ, २५ भाद्र । विश्व आत्महत्या रोकथाम दिवस २०७६ को अवसरमा कानेपोखरी गाउँपालिका–६ स्थित जनसेवा माध्यमिक बिद्यालयको प्राङगणमा आत्महत्या रोकथाम सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा मोरङ कानेपोखरी गाउँपालिकाका प्रमुख तारा बहादुर काफ्लेले आत्महत्या रोकथामको लागि गाउँपालिका प्रतिबद्ध रहेको बताए ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले आत्महत्याको बृद्धि तीव्र रूपमा बढिरहेको र यसलाई न्यूनीकरण गर्न सबैले आ–आफ्नो ठाउँबाट क्रियाशिलता देखाउन जरूरी रहेको चर्चा गरे ।

साथै कार्यक्रममा कोशी अंचल अस्पताल विराटनगरका मनोचिकित्सक डा. रोशन पोखरेलले आत्महत्या न्यूनीकरण गर्नका निमित्त गर्नुपर्ने व्यवहार तथा आत्महत्या बढ्नुका कारण लगायतका बिषयमा मन्तव्य व्यक्त गरेका थिए ।

साथै कानेपोखरी गाउँपालिका र जनसेवा माध्यमिक विद्यालयको संयुक्त आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रम कानेपोखरी बजारमा विभिन्न सचेतनामूलक ब्यानर तथा प्लेकार्ड सहितको र्याली गरिएको थियो ।

कार्यक्रममा स्थानिय जनप्रतिनिधि, विभिन्न संघ संस्थाका पदाधिकारी, स्थानीयबासिन्दा, शिक्षकहरु, विद्यार्थी, संचारकर्मी तथा प्रहरी कर्मचारी समेतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया