नक्कली सुन बिक्री गरी ठगी गर्ने ज्वेलर्स सञ्चालक पक्राउ

समाचार

       

मोरङ, २५ भाद्र । सक्कली सुन भनी नक्कली सुन बिक्री गरी ठगी गर्ने बुढिगंगा गाउँपालिका–२ स्थित गणेश लक्ष्मी ज्वेलर्सका संचालक विराटनगर महानगरपालिका–४ बस्ने ३६ वर्षीय जितेन्द्र साह स्वर्णकारलाई प्रहरीले पक्राउ गरेको छ ।

स्वर्णकारले विभिन्न मितिमा, विभिन्न समस्या देखाएर नक्कली सुनका गहनाहरूलाई सक्कली सुनका गहनाहरू हुन भनि विश्वासमा पारी झुक्याएर व्यक्तिहरुलाई ठगी गर्ने गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनलाई विराटनगर महानगरपालिका–४ बाट पक्राउ गरेको हो ।

स्वर्णकारले विभिन्न व्यक्तिहरुबाट करिब ८ लाख रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

स्वर्णकारलाई ठगी कसुर अन्तर्गत थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया