वीरगन्जमा पनि मनाइयो संविधान दिवस

राजनीति

       

वीरगञ्ज, ३ असोज । जिल्ला समारोह समितिको आयोजनामा वीरगञ्जमा संविधान दिवस मनाइएको छ । मधेस आन्दोलनको केन्द्र मानिने वीरगञ्जमा विभिन्न राजनीतिक दल, सरकारी कार्यालय, सुरक्षा निकाय, युवा विद्यार्थीको सहभागितामा दिवस मनाइएको हो । 

मधेशका विभिन्न जिल्लामा समाजवादी पार्टी मौन बसेको र राजपाले विरोध दिवसको रुपमा कालो दिवस मनाइरहँदा वीरगञ्जमा भने संविधान दिवस मनाइएको हो । कार्यक्रममा मधेशी दलका जनप्रतिनिधि, नेता तथा कार्यकर्ताको उपस्थिती थिएन ।

कार्यक्रममा मधेस आन्दोलनमा सहादत प्राप्त गरेका शहीदहरुलाई अबिर र फूल चढाएर सम्मान गरिएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले संविधानकै सपथ खाएर संघ, प्रदेश र स्थानीय सरकारको नेतृत्व गर्ने, सत्ता भोग गर्ने तर विरोध गर्ने प्रवृत्ति गैरराजनीतिक चरित्र भएको टिप्पणी गरे । संविधानसभा सदस्य एवं पूर्वमन्त्री सुरेन्द्र चौधरीले संविधानमा केही छैन भन्नु गलत भएको बताए । संविधानमा केही कमजोरी रहेको र त्यसलाई सबै मिलेर संसोधन गरेर मिलाउन सकिने उनको भनाइ छ । 

नेकपा पर्साका इन्चार्ज रामचन्द्र साहले खल्तीमा आएको पैसालाई पहिला जोगाउने वा भुँईको टिप्नतिर लागेर खल्तीको गुमाउने भन्दै त्यसबारे सोच्नुपर्ने बताए ।

तपाईको प्रतिक्रिया