जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

समाचार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

    जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ   

मोरङ, ५ असोज । ग्रामथान गाउँपालिका–७ स्थित केराघारीमा १७ वर्षीया किशोरीलाई जबरजस्ती गरेको अभियोगमा ४ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मोरङ ग्रामथान गाउँपालिका(५ बस्ने २० वर्षीय सुरेश थानदार, सोही स्थान बस्ने २५ वर्षीय कमल पुरी, २२ वर्षीय सन्तोष कुमार माझी र २२ वर्षीय प्रकाश कुमार थारु रहेका छन् ।

ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय हरैंचाबाट खटिएको प्रहरीले जबरजस्ती करणीमा संलग्न मध्येका उनीहरुलाई पक्राउ गरेको हो ।

घटनामा संलग्न हाल फरार १ जनाको प्रहरीले खोजी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया