पञ्चकन्याको कन्ट्रयाक्टर भेटघाट कार्यक्रम सम्पन्न

समाचार

राकेश यादव

       

रौतहट, ६ असोज । पञ्चकन्या स्टील प्राइभेट लिमिटेड भैरहवाले गौरमा कन्ट्राकटर भेटघाट कार्यक्रम संपन्न गरेको छ ।

पर्वहरू नजिकदै जाँदा कम्पनीले उत्पादन गरेको सामग्रीको बिक्री वितरणमा बृद्धि गर्ने प्रधिस्पर्धात्मक बाजारमा उत्पादनको ज्ञान दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो ।

रौतहट जिल्लामा रहेका ४ वटा सेल्स सित आवद्ध रहेका कन्ट्रयाक्टरहरुलाइ सहभागी गराइएको भेटघाट कार्यक्रममा कम्पनीका सेल्स मैनेजर भरत खत्रीले उत्पादनको क्वालिटी र अहिलेको बजारको प्रतिस्पर्धाको विषयमा निर्माण व्यवसायीहरुलाई जानकारी गराउन निर्देशन दिएका थिए ।

१ सय जना सहभागीहरुलाई सम्बोधन गर्दै मैनेजर खत्रीले रौतहटमा २५ सय मैट्रिक टन उत्पादन सामग्री विक्री भैरहेकोले गुणस्तरीयता मुख्य प्राथमिकता रहेको जनाए । कम्पनीको १४ किसिमका उत्पादन बाजारमा उपलब्ध रहेको समेत बताए ।

तपाईको प्रतिक्रिया