सांसद यादवद्वारा ‘जनता दर्शन’ कार्यक्रम सुरु

समाचार

       

वीरगन्ज, ६ असोज । प्रतिनिधिसभा सदस्य तथा समाजवादी पार्टी पर्सा जिल्लाका अध्यक्ष प्रदीप यादवले ‘जनता दर्शन’ कार्यक्रम शुरु गरेका छन् ।

सांसद यादवले आफ्नो निर्वाचन क्षेत्रमा ‘जनता दर्शन’ कार्यक्रम शुरु गरेका हुन् । उनले आफ्नो क्षेत्रका हरेक जनताको घरमा पुगेरसमस्या बुझ्ने र त्यो समस्या तत्कालै समाधान गर्ने आफ्नो योजना रहेको बताए ।

पर्साको संसदीय क्षेत्र नम्बर १ को लालपर्साबाट सुरु भएको सो कार्यक्रमको उद्घाटन दलित वस्तीबाट भएको हो ।

प्रदेशसभाका सांसद जन्नत अंसारीसँगै लालपर्सा पुगेका सांसद यादवसमक्ष त्यहाँका स्थानीयले विद्यालयमा शिक्षकको कमी र भौतिक संरचनाको आवश्यकता, सडकको मर्मत, गाउँको बिजुली पोलहरुमा बत्ती नभएको लगायतका समस्या राखेका थिए ।

तपाईको प्रतिक्रिया