सत्तामा बसेर वैकल्पिक शक्ति निर्माण हुँदैन : महतो

राजनीति

       

जनकपुरधाम, ९ असोज । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले सत्तामा बसेर वैकल्पिक शक्तिको निर्माण नहुने बताएका छन् ।

उनले समाजवादी पार्टीले सरकार छाडेपछि समानताको आधारमा पार्टी एकता हुने बताएका छन् । जनकपुरमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले जनताको माग र वैकल्पिक शक्ति निर्माणका लागि पार्टी एकता हुनुपर्ने बताए ।

नेता महतोले सत्तामा बसेर वैकल्पिक शक्ति निर्माण नहुने बताउँदै जनताको भावनालाई सम्मान गर्न मधेशवादी छ दल एकीकरण भइसकेको र अब समाजवादी पार्टीसँग पनि एकता हुनुपर्ने धारणा व्यक्त गरे । नेता महतोले जनताको चाहना राजपा र समाजवादी पार्टीको एकता रहेको र यसका लागि नेतृत्व तह पनि सकारात्मक रहेको बताए ।

तपाईको प्रतिक्रिया