गैर आवासीय नेपालीलाई लक्षित गरी ग्लोबल आइएमईले ल्यायो नयाँ खाता

अर्थ/वाणिज्य

       

काठमाडौं, १० असोज । गैरआवासीय नेपालीलाई लक्षित गरी ग्लोबल आइएमई बैंकले चार वटा नयाँ खाताहरु सञ्चालनमा ल्याएको छ ।

चार नयाँ खाताहरुमा ग्लोबल एनआरएन एफसीवाई मुद्दति निक्षेप खाता, ग्लोबल एनआएरएन एफसीवाई मुद्दति निक्षेप खाता, ग्लोबल एनआरएन एफसीवाई बचत खाता र ग्लोबल एनआरएन एफसीवाई बचत खाता रहेका छन् ।

अमेरिकी डलरमा खोल्न सकिने एनआरएन एफसीवाई बचत खातामा तथा मुद्दति निक्षेप वार्षिक ४ प्रतिशतसम्म ब्याज प्रदान गरिने छ । त्यस्तै नेपाली मुद्रामा खोलिने एनआरएन एलसीवाई मुद्दति निक्षेपमा ९.२५ प्रतिशतसम्म तथा बचत खातामा वार्षिक ६ प्रतिशतसम्म ब्याज प्रदान गरिने छ ।

उक्त खाता सञ्चालकहरुलाई क्रेडिट कार्ड जारी गर्दा लाग्ने शुल्क तथा लकर सुविधा लिँदा लाग्ने वार्षिक शुल्कमा ५० प्रतिशत छुट प्रदान गरिने छ । साथै खातावाला वा खातावालाको परिवारलाई घर कर्जा तथा सवारी कर्जा प्रवाह गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गरिने छ ।

अनलाइनबाट पनि खोल्न मिल्ने उक्त खाता सञ्चालकहरुलाई विदेशी मुद्रा सटहीमा पनि विशेष प्रिमियम प्रदान गरिने छ ।

एफसीवाई मुद्दति खाताहरु दुई वर्षदेखि तीन वर्षसम्मको अवधिको हुनेछ भने यसमा न्यूनतम् मौज्दात १०,००० अमेरिकी डलर रहेको छ ।

हाल बैंकले आफ्ना १४५ शाखा, ३० वटा एक्टेन्सन तथा राजश्व संकलन काउण्टर, १८५ शाखारहित बैंकिङ्ग सेवा, १४८ एटीएम र ३ वटा अन्तर्राष्ट्रिय सम्पर्क कार्यालयमार्फत ११ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया