जनताको चाहना अनुरुप सरकार संचालन हुन सकेन : अशोक राई

राजनीति

       

बुटवल, १२ असोज । समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले आफ्नो पार्टी सरकारमा भएपनि सरकारले गर्ने नराम्रो कामको समर्थन गर्न नस्क्ने बताएका छन् । साथै उनले संविधान संशोधन नभए आफ्नो पार्टीले संघीय सरकार छाड्ने समेत बताए ।

आइतबार बुटवलमा आयोतित एक कार्यक्रममा राईले संविधान संशोधनको मुद्दामा सरकार मौन बसेको भन्दै असन्तुष्टि जनाए । प्रत्यक्ष निवाचित राष्ट्रपति, पहिचान सहितको संघीयता लगायतका विषयहरु संविधान संशोधन गर्नुपर्ने उनको माग छ ।

समाजवादी पार्टीका नेता राईले जनताको चाहनाअनुसार सरकार सञ्चालन हुन नसकेको आरोप लगाए । भ्रष्टाचार, घुसखोरी बढेको र यो नरोकिए जनता निराश भएर सडकमा आउनसक्ने उनको विश्लेषण छ ।

तपाईको प्रतिक्रिया