पार्टीमा पनि प्रत्यक्ष निर्वाचित अध्यक्ष र समानुपातिक केन्द्रीय समिति हुनुपर्छ : श्रेष्ठ

राजनीति

       

बनेपा, १४ असोज । समाजवादी पार्टी, केन्द्रीय समितिका कार्यबाहक अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले देशमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक संसदको कुरा उठाउने पार्टीहरूले पार्टीमा पनि प्रत्यक्ष निर्वाचित अध्यक्ष र समानुपातिक केन्द्रीय समिति हुनु पर्ने कुरालाई अङ्गीकार गर्नुपर्ने बताएका छन् ।

उनले उक्त कुुरा बनेपामा आयोजित ससफो नेपाल र नयाँशक्ति पार्टीबीचको पार्टी समायोजन कार्यक्रममा उद्घाटन मन्तब्य दिँदै बताएका हुन् ।

ेप्रमुख अतिथि श्रेष्ठले देशमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुनुपर्छ भन्ने तर पार्टीमा महाधिवेशनद्वारा प्रत्यक्ष निर्वाचित अध्यक्ष प्रणालीको आवश्यकता नठान्ने र त्यसरी नै देशमा पूर्ण समानुपातिक संसदको माग गर्ने तर पार्टीमा केन्द्रीय समिति समानुपातिक हुनुपर्छ भन्ने कुरालाई अस्विकार गर्ने प्रवृत्ति दोहरो मापदण्ड भएको बताए ।

उनले सबै तहका पार्टीका पदाधिकारीहरू पनि समावेशी रूपमा चयन हुनुपर्ने बताए । नेता श्रेष्ठले उक्त कार्यक्रममा पार्टीले अङ्गीकार गरेको सिद्धान्त समुन्नत सङ्घीय समाजवाद सङ्घीयता, सुशासन र समृद्धिसहितको समाजवाद भएको बताउँदै यो नेपाली क्रान्तिको मौलिक सिद्धान्त भएको बताए ।

उनले नेपाली काङ्ग्रेसले पश्चिम युरोपको एकल जातीय देशको समाजवाद नक्कल गर्न खोजेको र नेकपाले वर्गीय समस्या मात्र देखेको आरोप लगाउँदै पहिचानसहितको सङ्घीयता र सङ्घीयतासहितको समाजवादले मात्र बहुराष्ट्रिय देशमा जातीय र वर्गीय समस्यालाई एक साथ हल गरी देशमा सुशासन र समृद्धिको ढोका खोल्ने बताए ।

तपाईको प्रतिक्रिया