भेस्पा/अप्रिलियाको शोरुम सुर्खेतमा विस्तार

अर्थ/वाणिज्य

       

काठमाडौं, १४ असोज । नेपालमा पियाजिओको भेस्पा र अप्रिलिया टू ह्वीलर्सको कार्यालय सुर्खेतमा शाखा कार्यालय उद्घाटन भएको छ ।

आधिकारिक बिक्रेता दुगड ब्रदर्स एण्ड सन्स प्रालिले सुर्खेतमा शोरुम विस्तार गरेको हो ।

कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बूढा र भेस्पा/अप्रिलियाका हेड अफ अपरेशन विजय महतोले शोरुमको उद्घाटन गरेका छन् ।

शाखा उद्घाटनको अवसरमा ११ वटा स्कूटरका ग्राहकलाई साँचो हस्तान्तरण गरिएको कम्पनीद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया