ग्लोबल आइएमई बैंकले २५.५ प्रतिशत लाभांश दिने

अर्थ/वाणिज्य

       

काठमाडौं, १५ असोज । ग्लोबल आइएमई बैंकले आ.ब.२०७५/७६ मा आफ्ना शेयरधनीलाई २५.५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

बैंक संचालक समितिको मिति २०७६/०६/१४ को ३२९औं बैठकले नेपाल राष्ट्र बैंक तथा बैंकको वार्षिक साधारणसभाको स्वीकृति पश्चात आ.ब.२०७५/०७६ को वितरण योग्य मुनाफा समेतबाट आफ्ना शेयरधनीलाई हालसम्मकै सर्वाधिक २५.५ प्रतिशत लाभांश (बोनश शेयर १२.७५ प्रतिशत र नगद लाभांश १२.७५ प्रतिशत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

ग्लोबल आइएमई बैंकले आ.ब.२०७५/७६ मा २ अर्ब ७६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बोनश शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी ११ अर्ब ७६ करोड रुपैयाँ पुग्ने छ ।

तपाईको प्रतिक्रिया