कपिलवस्तुमा ४० हजार घुससहित दुई जना पक्राउ

समाचार

इमरान खान

       

कपिलवस्तु, १४ असोज । जिल्लामा अख्तियारद्वारा विद्यालयका प्रधानाध्यापक र कार्यालय सहयोगी ४० हजार घुससहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा शिवराज नगरपालिका ६ विशुनपुरमा अवस्थित श्री बाल ज्योति मा.वि.का प्रधानाध्यापक रविन्द्र प्रसाद मौर्य र सोही विद्यालयका कार्यालय सहयोगी रामकुमार लोनियालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले रंगेहात पक्राउ गरेको हो ।

उनीहरुलाई चन्द्रौटा स्थित न्यू सिद्धार्थ होटलबाट पक्राउ गरेको हो । विज्ञान शिक्षक भर्ना गर्ने उद्देश्यले सो रकम मगेका थिए । उनीहरु माथि थप अनुसान्धन भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले जनाएको छ ।

तपाईको प्रतिक्रिया