आँधिखोला लघुवित्तले मृतक परिवारलाई दियो क्रियाखर्च

समाचार

       

रुपन्देही, १५ असोज । आँधिखोला लघुवित्त वित्तीय संस्थाले समूह सदस्यको श्रीमानको मुत्यु भएर क्रियामा रहेकी एक सदस्यलाई क्रियाखर्च स्वरुपको रकम हस्तानतरण गरेको छ ।

गैडहवा गा.पा.–८, मैनिया उदयचोक रुपन्देहीमा, शाखा कार्यालय सैनामैनाबाट संचालित केन्द्र नं ०२७ की सदस्य बेलमायापुलामीको पति दिलवहादुर पुलामीको मृत्यु भएको थियो । निजको पतिको शोकसभा गर्दै, निजको पत्नी बेलमाया पुलामीलाई रु २५०००। दिएको हो ।

कार्यक्रममा केन्द्रिय कार्यालयका योजना, अनुगमन तथा सुपरिवेक्षण विभाग प्रमुख कुलदेव लामिछाने तथा शाखा प्रमुख भिख्खु प्रसाद चौधरीको उक्त रकम हस्तानतरण गरे ।

संस्थाले आफ्ना ग्राहक सदस्यको हितलाई मध्यनजर गरी विभिन्न किसिमका सदस्य तथा निजका परिवार लक्षित कार्यक्रम गर्दै आएको र सोहीमार्फत उक्त सुविधा रकम हस्तान्त्रण गरेको लामीछानेले बताए ।

व्यापार मात्र नभएर संस्थाले सामाजिक कार्य तथा सदस्यहरुको समस्या पर्दा मानवीय तथा आर्थिक सहयोग गर्नको लागी विभिन्न कामहरु गर्दै आएको बताइएको छ ।

शाखा कार्यालय सैनामैनाले १ हजार ५ सय बढी सदस्यलाई वित्तीय सेवा प्रदान गरी ९ सय ५५ जनालाई ९ करोड बिना धितो कर्जा प्रवाह गरेको छ ।

भीरकोट न.पा.–१ बयरघारी, स्याङजामा केन्द्रीय कार्यालय रहेको संस्थाको चुक्ता पुँजी १० करोड , जारी पुँजी १० करोड र अधिकृत पुजी १५ करोड रहेको छ भने संस्थाले १० जिल्लामा १९ कार्यालय मार्फत १६००० भन्दा बढी सदस्यलाई वित्तीय सेवामा आवद्ध गराई ७५ करोड कर्जा लगानी र २५ करोड वचत परिचालन गरेकेछ ।

तपाईको प्रतिक्रिया