आठ महिनामा एक सय २२ आरोपित पक्राउ, सबा तीन करोडभन्दा बढ़ी राजश्व संकलन

समाचार

राकेश यादव

       

रौतहट, १५ असोज । रौतहट प्रहरी विगत आठ महिनाको अवधिमा विभिन्न घटनाका आरोपित, दोषी तथा फरार अभियुक्त १०४ जनालाई पक्राउ गरेका छन् ।

जिल्लाको विभिन्न ठाउँ स्थानबाट भन्सार चोरी निकासी पैठारीका ३ करोड ८९ लाख २९ हजार ६६९ रुपैयाँ मूल्य बराबरको तस्करीका समानहरु बरामद गारी कार्यवाहीका लागि जिल्ला भन्सार कार्यालयमा दाखिला गरेका हुन् ।

रौतहट प्रहरीमा जोशजाँगर बोकेका प्रहरी प्रमुख, सिनियर अधिकृतहरुको आएलगतै शुरू गरिएको पक्राउ अभियानअन्तर्गत साइबर क्राइमदेखि लिएर जुवातास, अदालतबाट दोषी ठहर भई फरार भएका अभियुक्त, बमकाण्डको आरोपित गरी अहिलेसम्म १०४ जनालाई पक्राउ गरी कानूनी कार्यवाही गरिएको प्रहरीले सार्वजनिक गरेको तथ्यांकबाट पुस्टि भैराखेको छ ।

फरक अनुसन्धान गर्नका लागि गठित क्राइम इन्भेस्टिगेसन टीम सीआईटीको टोलीले गोप्य अभियानअन्तर्गत यति संख्यामा अभियुक्त पक्राउ गरिएको छ ।

कभर्ट आपरेशन अभियानअन्तर्गत हालसम्म फरार अभियुक्त २० जना, अदालतबाट दोषी ठहर भई फरार रहेका अपराधी ९ जना, साइबर क्राइममा संलग्न रहेका व्यक्ति ५ जना, विभिन्न चोरीको घटनामा संलग्न रहेको २४ जना, डाका र चोरीमा संलग्न २१ जना, मानव बेचबिखनमा संलग्न भएको ६ जना, सीसी कैमरा फूटाएको आरोपमा १ जना फेसबुक हैकर ५ जना, बम काण्डको अपराधी ३ जना, टेम्पू चालकसहित टेम्पू लूटपाटको घटनामा संलग्न १ जना, जुवा खेल्दै गर्दा ९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पपु नायकले बताएका छन् ।

८ महिनाको सार्वजनिक गरेको कार्य प्रगतिअनुसार लागूऔषध गाँजा २३ किलो ५ सय ग्राम बरामद गर्नुको साथै ८ जनालाई पक्राउ गरिएको छ । लागूऔषध इन्जेक्शन ३ सय पीस र टेबलेट १५ सय पीस साथै १० जनालाई नियन्त्रणमा लिन सीआईटी टोली सफल भएको हो ।

५ कट्ठामा गरिएको अफीम खेती नस्ट गरिएको छ । हराएको मोबाइल बरामद गरी ३० जनालाई जिम्मा लगाइएको र हराएको बालबालिका १९ जनालाई खोजतलास गरी अभिभावकके जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कटुवा पिस्तौल ४ र गोली राउंड ४, चोरीको चार चक्का गाडी ३ वटा स्कार्पियो र ३ बटा बोलेरो, चोरीका विभिन्न कम्पनीका ५३ बटा मोटर साइकल, १ किलो सुन बरामद गरिएको छ भने ७ बटा लागु औषध मुद्दाको सफल अनुसन्धान गरिएको प्रहरी निरीक्षक नायकले बताए ।

प्रहरीको टोलीले ७२ बटा रक्सी भट्ठी तोरफोर गरेको छ भने १७ हजार लीटर तयारी मदिरा, १५ हजार ५ सय लिटर कच्चा पदार्थ बरामद गरी नस्ट गरिएको प्रगति विवरणमा उल्लेख रहेको छ । ३० वटा रक्सी बनाउने उपकरण, २२४ वटा ठूलो ड्राम र रक्सी बनाउने ३१ बटा भाडा प्रहरीले बरामद गरेको हो ।

सीआईटीको नेतृत्व गर्दै आएका नायकले अपराध न्यूनीकरण गरी समाजमा शान्तिको वातावरण सृजना गरी भय त्रासको अवस्था हटाउने उद्देश्यले रौतहटमा पहिलो पटक सीआईटी टीम बनाइएको जनाए ।

उनले पहिला मुद्दा फाटले अनुसन्धान, पक्राउ, गर्नेगर्थ्यो बताए । फरक ढंगबाट सत्यतथ्य बुझी प्रमाणसहित अनुसन्धान गर्ने उद्देश्यले क्राइम इन्भेस्टिगेशन टीम १२ सदस्य बनाइएको बताए ।

चोरी, तस्करी, कालाबाजारी, हत्या हिंसा, बलात्कार लगायतको प्रहरीले हेर्ने सम्बेदनशील मुद्दाको प्रमाणसहित आरोपित पक्राउ गर्ने कार्य अपराध अनुसन्धान टीमले गरेर मुद्दाको कार्यवाही प्रक्रिया अगाडी बढाउन मुद्दा फाटको जिम्मा लगाउँदै आएको नायकको भनाइ रहेको छ । संक्षिप्त कुरा गर्दै नायकले अप्राधिल घटना पूर्ण रुपमा नियंत्रण हुने नभए पनि अहिले न्यूनीकरण भएको दावी गरे ।

उनले प्रहरी एक्लो मात्र अपराध नियन्त्रण गर्न नसक्ने भएकोले सामाजिक अभियन्ता, स्थानीयबासी, राजनीतिक दलका अस्थानीय नेता कार्यकता, नागरिक समाजका अगुवा, शिक्षक, व्यापारी बुद्धिजीवी बर्गको सहयोग समन्वय र सहकार्य भए मात्र संभव हुने जिकिर गरे ।

प्रहरी निरीक्षक नायकले अपराधी भागिरहेको रहेको दावी गरेका छन् । जहाँ गएपनि अपराधीलाई खैर नरहने चेतावनी समेत दिएका छन् ।

तपाईको प्रतिक्रिया