रौतहटमा पूर्ण सरसफाई कार्यक्रम संचालन

समाचार

राकेश यादव

       

रौतहट, १५ असोज । रौतहट जिल्लाको बौधीमाई नगरपालिका, मौलापुर नगरपालिका र फतुवा विजयपुर नगरपालिकामा पूर्ण सरसफाई कार्यक्रमका क्रियाकलापहरु संचालनमा रहेको छ ।

कार्यक्रम लागू भएका नगरपालिका तथा वडाहरुको स्थानीय जनतालाई स्वच्छता सम्बन्धि सचेतीकरण, उत्प्रेरितिकरण गर्नुको साथै सरसफाइ तथा स्वच्छता सम्बन्धि आनिबानीमा परिवर्तन, हातधुने तरिकाका आदिबारे समुदायलाई जानकारी गराउने उद्देश्यले यूएन हैबीटाटको सहयोग तथा सामुदायिक शक्ति रौतहटद्वारा पूर्ण सरसफाइ कार्यक्रम संचालित गरिएको हो ।

कार्यक्रम बौद्धीमाई न.पा.का वार्ड नं. २, ३, ४ मौलापुर न.पा. का वार्ड नं. १, २, ३, ४, ५ तथा फतुवा विजयपुर नगरपालिकाका वार्ड नं. ६, ९, १०, ११ मा पूर्ण सरसफाइ सम्बन्धि विभिन्न क्रियाकलापहरु चलिरहेको संस्थाका अध्यक्ष मिथलेश झाले बताएका छन् ।

कार्यक्रमअन्तर्गत अहिलेसम्म वार्डस्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति तथा कार्यदल गठन÷पुनर्गठन । वार्ड स्तरीय पूर्ण सरसफाइ सम्बन्धि सचेतिकरण, विद्यालय स्तरीय पूर्ण सरसफाइ सम्बन्धि अभिमुखिकरण । बाल क्लबहरुको गठन,पुनरगठन । विद्यालय स्तरीय हाथ धुने अभ्यास । बालबालिकहरुलाई¬ विभिन्न समिति उपसमितिहरुको बैठक, परिचालन तथा घर दैलो कार्यक्रम । पालिका स्तरीय खानेपानि सरसफाइ तथा स्वच्ता समन्वय समिति तथा कार्यदल गठन, पुनरगठन ।

पूर्ण सरसफाई कार्यक्रमबारे जानकारी गराउन विभिन्न सरकारी, गैरसरकारी तथा अन्य सरोकारवालाहरुसँग सहकार्य तथा समन्वय । कर्मचारीहरुको मासिक छलफल बैठक सहितको क्रियाकलाप संचालन गरिएको छ ।

बौद्धीमाई, मौलापुर तथा फतुवा विजयपुर नगरपालिकाका विभिन्न १२ वटा वार्डहरुका जम्मा १५ वटा विद्यलायहरुमा बाल क्लब गठनगरिएको झाले जनाएका छन् ।

तपाईको प्रतिक्रिया