फोरजी सेवाको शुभारम्भ : उपभोक्ता विश्वासलाई दिगो बनाउन मुख्यमन्त्री राउतको सुझाव

समाचार

       

जनकपुरधाम, १५ असोज । नेपाल टेलिकमले जनकपुरधामसहित मुलुकको ३२ वटा शहरमा एक साथ हाई स्पिड इन्टरनेट फोरजी सेवाको शुभारम्भ गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डौबाट मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीसहित सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कलमार्फत सन्देश दिँदै फोरजी सेवाको उद्घाटन गरेका छन् ।

प्रधानमन्त्रीको सन्देशपछि जनकपुरधाममा आयोजित उद्घाटन समारोहमा मुख्यमन्त्री राउतले नेपाल सरकारको बढी स्वामित्वमा रहेको टेलिकम माथिको उपभोक्ता विश्वासलाई अझै दिगो बनाउन सुझाव दिए ।

नेपाल टेलिकमको सेवालाई प्रदेशको ग्रामीण क्षेत्रमा समेत चुस्त दुरुस्त बनाउन आग्रह गर्दै मुख्यमन्त्री राउतले फोरजी सेवाले सेवाग्राहीहरुको आकाक्षांलाई परिपूर्ति गर्ने विश्वास समेत व्यक्त गरे ।

नेपाल टेलिकम क्षेत्रीय कार्यालय वीरगन्जका प्रमुख रामानन्दलाल कर्णको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जनकपुर उपमहानगरका प्रमुख लालकिशोर साहले समेत शुभकामना मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया