कुपोषण अन्तको लागि तीनै तहका सरकारबीच समन्वय आवश्यक : मुख्यमन्त्री राउत

समाचार

       

जनकपुरधाम, १६ असोज । मुख्यमन्त्री लालबाबु राउतले कुपोषण अन्तका लागि तिनै तहका सरकारबीच समन्वय गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
सेतो गुराँस बाल विकास केन्द्रले बिहिबार जनकपुरमा आयोजना गरेको कुपोषण अन्तका लागि अगामी वर्षहरुमा गरिने लगानी विषयक प्रदेश स्तरीय परामर्श बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले गरिबी र अशिक्षाका कारण कुपोषण बढ्दै गईरहेको हुँदा समाजिक चेतना अभिवृद्धि सहितको कार्यक्रम ल्याउन सुझाव दिए । 

राष्ट्रिय योजना आयोगलाई प्रतिवेदन बुझाउने गरि भएको परामर्श बैठकको प्रतिवेदन प्रदेश नीति आयोगलाई समेत बुझाउन आग्रह गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकार तीन तहका सरकारसँग सहकार्य गरेर कुपोषण अन्तका लागि आवश्यक ऐन कानून र कार्यक्रम ल्याउन प्रतिबद्ध रहेको बताए ।
कार्यक्रममा प्रदेश सभा सदस्य बाबुलाल साह, अशोक यादव, बेची लुंगेली सहित बाल बालिकाको क्षेत्रमा कार्यरत संघ संस्थाहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया