एसिड पीडित मुस्कानलाई अमिताभको भरोसा

समाचार

       

काठमाडौँ, १६ असोज । भदौ २० गते एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई बलिउड अभिनेता अमिताभ बच्चनले भिडियो सन्देश पठाएका छन् । हाल कीर्तिपुर अस्पतालमा उपचाररत मुस्कानको स्वास्थ्यलाभको कामना गर्दै अमिताभले उनलाई ‘हिम्मतवाली बालिका’ का रूपमा चित्रण गरेका छन् ।
अमिताभको भिडियो सन्देशका लागि खातुनको उपचारमा सघाइरहेका उज्जवल विक्रम थापाले भूमिका निर्वाह गरेका हुन ।

भिडियोमा अमिताभले मुस्कानमाथि भएको घटना थापामार्फत् थाए पाएको र त्यसले आफूलाई दुस्खी तुल्याएको बताएका छन् । शीघ्र स्वास्थ्य लाभको कामना गर्दै अमिताभले नेपालको कानुनअनुसार दोषीलाई पक्राउ गरेर कारबाही हुने आशासहित अन्य बालबालिका पनि त्यस्तो नहोस् भन्ने कामना गरेका छन ।

तपाईको प्रतिक्रिया